स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई अवरोध पुर्‍याउनेलाई कार्वाही हुन्छ : एसपी चंन्द

Khabar24Nepal Author Logo..
सागर थापा/बिदुर एमसी पढ्न लाग्ने समय : २ मिनेट

जेठ १०, दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले लकडाउन चलिरहेको यस्तो विषम परिस्थितिमा पनि कोरोना सङ्क्रमणलाई चुनौती दिदै आफ्नो कार्यक्षेत्रमा खटिरहने सञ्चारकर्मी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई निर्वाध रूपमा नागरिकहरुको सेवा सुरक्षाको लागि दिलोज्यानले लाग्न आग्रह गर्दै यदि यस्तो कठिन अवस्थामा पनि यदि कसैले अवरोध पुर्‍याउन खोजेमा त्यस्तालाई कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न प्रहरी पछि नपर्ने बताएका छन् ।

यसै प्रसङ्गमा उल्लेख गर्दै एसपी चन्दले भने तपाईंहरु जो जति सञ्चारकर्मिहरु कोरोना सङ्क्रमणको यस्तो महामारीको बेलामा पनि घरमा नबसेर अहोरात्र आम नागरिकलाई सूचनाको अनुभूति दिलाउन हिम्मतका साथमा आफ्नो कर्मक्षेत्रमा लागिरहेका पत्रकारहरुका साथमा प्रहरी छ नडराइकन आफ्नो काममा लाग्नुहोस् । यस्तो विषम परिस्थितिमा घर बाहिर गएर आम नागरिकहरुलाई सूचना प्रवाह गर्नु कुनै चानचुने कुरा नभएको भन्दै एसपी चन्दले आफ्नो स्वास्थ्यप्रती गम्भीर बन्न र रिपोर्टिङमा जादा स्वास्थ्य सुरक्षाको ख्याल राखेर रिपोर्टिङ गर्न पनि उनले सुझाव दिएका छन् ।

एक अर्को प्रसङ्गमा बोल्दै प्रहरी उपरीक्षक चन्दले भनेका छन् “आफ्नो कर्तव्य पथमा लाग्दालाग्दै पनि यदि कोही कसैले अवरोध गर्न खोज्छभने तत्कालै प्रहरीलाई खवर गर्नुहोस प्रहरी तपाईंको सहयोगमा सदा तत्पर छ ।” लक डाउनको बहानामा सडकमा ढुङ्गामुढा तेर्साएर अवरोध गर्ने कार्य असामाजिक कार्य भएको उल्लेख गर्दै जानकारी पाएका बखतमा प्रहरीले त्यस्ता असामाजिक कार्य गर्नेहरुलाई पनि नछाड्ने दाङ एसपी चंन्दको अठोट छ ।

प्रतिक्रिया दिनुहोस