दाङको राप्ती गाउँपालिका क्वारेन्टाइनमा ६९ जना बस्दै

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

जेठ १०, दाङ । भारत र विभिन्न जिल्ला बाहिरबाट आउने व्यक्तिहरूलाई राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ । शुक्रबार भारत र वाहिर जिल्लाबाट आएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको हो । कपिलवस्तुबाट आएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरि २९ जनालाई बाल कल्याण आधारभुत विद्यालय पहरूवाको क्वारेन्टाइनमा राखिएको छ । त्यसै गरि भारतबाट आएका वडा नम्बर ४ का २० जनालाई मावि मौरीघाटको क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै भारतबाट आएका वडा नम्बर १, ३ र ४ का १ महिला र १३ पुरूष गरि १४ जनालाई नवप्रतिभा आधारभुत विद्यालय पाखापानीको क्वारेन्टाइनमा, भारतबाट आएका वडा नम्बर १ का २ पुरूष र २ महिला गरि ४ जनालाई नेपाल राष्ट्रिय मावि भालुवाङको क्वारेन्टाइनमा र भारतबाट आएका वडा नम्बर ५ र ७ का २ पुरूषलाई सर्वोदय मावि सिसहनियाँको क्वारेन्टाइनमा राखिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । उनीहरूलाई सिसहनियाँ र लालमटिया स्वास्थ्य चौकीमा स्वास्थ्य चेकजाँच गरि क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

यसै बिच बिहीबार मात्रै भारतका विभिन्न ठाउँबाट आएका ४४ जनालाई राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमाराखिएको छ । जसमा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा वडा नम्बर २ का २ जना पुरूष, सर्वोदय मा.वि सिसहनियाँमा वडा नम्बर ५ र ७ का २ पुरूष,नवज्योती आधारभुत विद्यालय सिरिचौर मसुरीयामा वडा नम्बर ३ का १ जना पुरूष र आदर्श नमुना मावि लालमटियामा वडा नम्बर ९ का ३९ जना पुरूषलाई राखिएको राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस