कोरोना भाइरसले उजागर गरेको ग्रामीण अर्थतन्त्र

Khabar24Nepal Author Logo..
हिमाल आरोही पढ्न लाग्ने समय : ४ मिनेट

जेठ १०,राेल्पा । चिनको वुहान प्रान्तबाट देखा परेको कोराना भाइरस (काेभिड १९) ले विश्वव्यापी रुपमा सन्त्रास फैलाइरहेको अवस्था छ । हाम्रो देश नेपाल पनि अछुत रहने अवस्था रहेन । विश्वव्यापिकरण,उदारिकरण र आधुनिकिकरण जस्ता आधुनिकताले संसार भर यस प्रकारका भाइरस र महामारि फैलनमा अझ सहजता भएको छ । नेपालले उक्त भाइरसबाट बच्न गत चैत्र ११ गते देखि लकडाउन निति अवलम्बन गर्दै आइरहेका छ ।

कोरोना भाइरसको प्रकोपका कारण नेपाल लगायत विश्वका देशहरुमा आर्थिक संकट पर्ने र आर्थिक बृद्धिदर अत्यन्तै न्युन वा ऋणात्मक हुने निश्चित छ, त्यसैले यहाँ कोरोना भाइरसको प्रकोपका कारण आइपर्ने आर्थिक मन्दी लाइ न्युन गर्न ग्रामिण अर्थतन्त्रले पुर्याउने योगदानको बारेमा केहि चर्चा गर्न खोजिएको छ ।

  • नेपालको ग्रामिण अर्थतन्त्रको अवस्था

वि.स २०६८ को जनगणना अनुसार नेपालको ग्रामिण क्षेत्रमा बस्ने जनसख्या ८२.९३ % रहेको छ भने ७३.९ % मानिस कृषि पेशामा निर्भर छन् । कुल ग्राह्यस्थ उत्पादन (GDP) मा कृषिको योगदान करिब २७% योगदान रहेको छ । जनगणनामा ग्रामिण क्षेत्रमा बसोबास गर्ने ठानिएका मध्येको ठुलो हिस्सा रोजगारिको खोजिमा बिदेशिने, छोराछोरी र श्रीमती पढाइ, सुख शयल र अन्य सुविधाका लागि शहर तिर बस्ने र बर्षमा १/२ पटक चाडपर्व मनाउन गाउँघर जाने प्रचलन पछिल्लो समयमा प्रचलन बनेको छ तर यस पटक कोरोनाको प्रकोपबाट बच्न धेरै मानिस विदेशबाट देश तिर र शहरबाट गाउँतिर फर्केका छन् भने धेरै फर्किने तरखरमा रहेको देखिन्छ जसले गर्दा रेमिट्यान्सले धानिएको हाम्रो अर्थतन्त्र र बढेको क्रयशक्ति लाइ सन्तुलन गर्न बैकल्पिक रुपमा ग्रामिण अर्थतन्त्रलाई उजागर गर्न जरुरी छ ।

वि.स २०१३ साल पछिका सबै आवधिक योजनाहरुमा ग्रामीण अर्थतन्त्र र रोजगारीलाई कुनै न कुनै रुपमा सम्बोधन गरेको देखिन्छ । सरकारका नीति तथा कार्यक्रम र बजेटमा पनि समाबेश नभएका त होइनन् । वि.स २०२४ सालको पञ्चायत कालमा सरकारले गाउँ फर्क अभियान नीति लिएको थियो भने २०५१ सालमा आफ्नो गाउँ आफै बनाउ नीति तथा कार्यक्रमहरु आएकै हुन । मुलत ग्रामिण अर्थतन्त्र कृषि व्यवसाय र कृषी सँग सम्बन्धित सहायक व्यवसाय जस्तै कुटिर उद्योग, काठ र माटामा भाडा बनाउने उद्योग, आरनहरु, डेरि उधोग सँग सम्बन्धित छन्, शहरी अर्थतन्त्रको विकास हुदै गएको र ग्रामिण अर्थतन्त्र संकुचित हुदै गैरहेको अवस्था छ ।

संकुचित हुनाका धेरै कारण मध्येका ३ कारण यस्ता छन् :

  • गाउँमा विकासका पूर्वाधार नहुनुले मानिस सुविधाका लागि शहर पस्नु ।
  • कृषकका स्थानिय उत्पादनले आयातित उत्पादन सँग प्रतिस्पर्धा गर्न नसक्नु ।
  • युवा जनशक्तिले कृषिमा भन्दा बैदेशिक रोजगारीमा भविष्य र इज्जत देख्नु ।

हामि देख्न सक्छौ, मुरिका मुरि मकै फल्ने बारिहरु बाझो छन भने समथर भागहरु प्लटिङ्ग हुदै (कंक्रिट) घर बन्दै छन । दातामुखि विकासका मोडेल छन, गाउँघरको सम्पति जोगाउने नाममा वृद्धवृद्धा मात्र छन, ग्रामिण अर्थतन्त्रलाइ मैद्रिकरण गर्न सकिएको छैन, कुनै बेला आत्मनिर्भर रहेको हाम्रो देश हाल अत्यावश्यक खाद्यन्नमा समेत परनिर्भरता बढेको तथ्य २०७२ सालको नाकाबन्दी र हालको लकडाउनले पुष्टी गरिसकेको छ ।

कोरोनाले उजागर गरेका मुद्दाहरु

यतिवेला विदेशिएका र गाँउ छाडेर शहर गएका थुप्रै मानिसहरु कोरोनाको महामारीबाट बच्न गाउँघर फर्केका छन । गाउँमा भोकै नमरिने , भौतिक दुरी तथा सामाजिक दुरी कायम हुने, दैनिक कामकाज गर्दा शारिरिक रुपमा बलियो भइने , अर्गानिक उत्पादनको उपभोग गर्न पाइने, शहरमा जस्तो समय व्यतित गर्न गाह्रो नहुने, धेरै मानिसहरु सँग भेटघाट र सम्पर्क नहुने, नयाँ मान्छेको पहिचान गर्न सजिलो हुने, बर्षदिनलाइ पुग्ने भकारी भरी अन्न हुने, शहरमा जस्तो प्रशासन र प्रहरीको डर पनि नहुने जस्ता कारणले गर्दा गाउँ घरमा फर्किएका छन ।

केही समय भए पनि खेतबारीमा समय दिनेछन र उत्पादन गर्नेछन । यो भयावह स्थिति छिट्टै सामान्य अवस्थामा आउन धेरै समय लाग्ने देखिन्छ त्यसैले सँघ, प्रदेश र स्थानिय सरकारहरुले यस परिस्थितिबाट पाठ सिक्दै कृषि उत्पादन, स्थानिय सीप र कलाको प्राथमिकता र उचित मुल्य दिनु पर्दछ भने आधारभुत कुरामा आत्मनिर्भरता हुनु पर्दछ, यसले स्थानिय स्तरमै रोजगारिको सिर्जना गर्नु पर्दछ भन्ने बहस सिर्जना गरेको छ, बाहिरबाट २/४ दिनमात्र तरकारी आयात रोकिदाँ तरकारी पसल थापेर बसेका व्यापारी र सबैथोक पैसाले पाइन्छ भन्नेहरु साझँ विहानको तरकारीले छटपट्टि बनाएको छ । तिनिहरुले अहिले बुझेका छन गाउँका ति किसान र किसानका उत्पादित वस्तुको राष्ट्रिय अर्थतन्त्रमा योगदान निकै रहेछ भनेर, मुख्य कुरा कृषक अन्नदाता हुन भनेर । जो गाउँ फर्केका छन शहरमा भन्दा गाउँमा कम कोरोनाको त्रास, भोकमरिको डर छ, कामको अभाव छ ।

अतः सार्वजनिक पदमा बसी नीति निर्माण गर्ने र कार्यान्वयनमा संलग्न हुनेहरुले नीति तथा कार्यक्रम ल्याउदाँ मानिसहरु शहरको आकर्षणले भन्दा पनि गाउँको विकर्षणले गर्दा गाउँबाट शहरतिर बसाई सर्ने गरेको यथार्थलाई मनन गर्दै पर्यावरणमैत्री, स्थानीय स्तरमा रोजगारी सिर्जना हुने ग्रामीण अर्थतन्त्रलाई साच्चिकै देखिने गरि दीर्घकालिन रुपमा अगाडी ल्याउन सकेमा कोरोना, नाकाबन्दी, सीमा विवाद जस्ता आगामी दिनमा आउन सक्ने विपत्तिसँग लड्न सक्ने क्षमताको विकास हुनेछ, समग्र अर्थतन्त्रमा ग्रामीण अर्थतन्त्रको योगदान बढ्ने छ भने वर्तमान सरकारको समृद्धि नेपाल सुखि नेपालीको नारा पनि साकार हुनेछ ।

लेखक आरोही काेष तथा लेखा नियन्त्रक कार्यालय रोल्पामा लेखापाल पद कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस