लकडाउनमा घरेलु र प्याकेजिङ्ग मदिरा नष्ट गरिने भए पछि स्थानिय खुशी

Khabar24Nepal Author Logo..
राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : ३ मिनेट

जेठ १०, प्युठान । नागरिकका लागि बोलिदिने,सुनिदिने र तीनैको हितमा काम गर्ने प्रतिनिधिहरू हुन् प्रहरी। स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न उनिहरु दिनरात खटिरहन्छन। हिजोआज शहर बजार संगै गाउँमा पनि अप्रिय घटना र बिकृती बढ्दै गएकाले प्रहरीहरु पनि सहर केन्द्रीत मात्र नभई प्युठानको मरन्ठाना प्रहरी चौकिले ग्रामीण क्षेत्रलाई प्राथमीकतामा राख्दै आफ्ना कार्य अगाडी बढाएको छ।

No description available.

यसै बिच शुक्रबार लकडौनको समयममा प्युठान नगरपालिका १० हाडिगैरामा राती गस्तिमा खटिएका प्रहरीले मदिराको कारण बाटोमै झैझगडा भएको देखे पछि नागरिक ,स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा गाउँ अनुगमनको क्रममा ५ सय १५ लिटर घरेलु मदिरा नष्ट गरिएको हो।

No description available.

यसरी रातदिन नभनी २४ सै घण्टा जनतालाई चेतना दिदै हिड्दा यतिबेला समाजमा प्रहरीलाई हेर्ने नागरिक दृष्टिकोण बदलिदै गएको छ भने प्रहरी प्रती जनताको भरोषा समेत जगाउंदै गएको छ। गाउका मानिसहरु खुशी भएका छन् । सामाजिक रुपान्तरणका लागि चेतना जगाउने, उद्देश्यले जनताको गुनासो र समस्या पहिचान गर्न गाँउ गाँउमा प्रहरीले अभियान चलाउन थालेपछी ग्रामीण क्षेत्रका बासीन्दा यतिबेला खुसी भएका छन। घरेलु उत्पादित मदिराले मात्र होइन यस्तो संकटको घडिमा बिक्री बितरणका लागि ठुला ठुला कम्पनी बाट उत्पादित प्याकेजिङ्ग मदिरा पनि आफुहरुले नियन्त्रणमा लिएर आबश्यक कार्बाही अगाडी बढाएको प्रहरी चौकी इन्चार्ज टीका बहादुर कुवरले बताए ।

समाजमा हुने बालबिबाह, लागू औषध, मदिरा सेवन, लैंगिक हिंसा, जबरजस्ती करणी, सामाजिक तथा साइबर अपराध एवं सवारी दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आईरहेको कुवरको भनाई छ । लागुऔषधका कारण समाजमा मौलाउँदै गएको विकृतिले शान्ति सुरक्षामा चुनौती थपिदै गएकाले घरेलु मदिरा मात्र होइन स्थानिय सरोकारवालाहरुको समन्वयमा ढुकुटी चुलबुल नामक प्याकेजिङ्ग मदिरा एक कार्टुन ,बियर एक कार्टुन सहित नियन्त्रणमा लिएका छौँ । उनले भने “लागुऔषध तथा दुर्ब्यसनी एवं अवैध घरेलु मदिरा नियन्त्रण गर्ने प्रहरीको यो अभियान लाई सार्थककता दिन एकल प्रहरी प्रसासनको प्रयासले मात्र हुँदैन स्थानीय जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत सम्पुर्ण सरोकारवालाको सहयोग अपरिहार्य छ।”

पछिल्लो समयमा कोरोना भाइरस कोभिड-१९ जस्तो जटिल परिस्थितिमा बिश्वभर सम्पुर्ण आर्थिक गतिविधि ठप्पका कारण दिनानुदिन आर्थिकमन्दि भैइरहेको बेला ब्यक्ति भोकभोकै मर्नुपर्ने बाध्यतामा खाध्यान्न अनावश्यक कुहाउनु र मदिराको बहानामा कोरोना सर्ने उच्च जोखिम सृजना हुने भएकाले जिल्लामा विशेष योजना बनाई प्रहरीले यस्ता लागुऔषध ओसारपसार र घरेलु मदिरा उत्पादन तथा बिक्रीमा रोक लगाउँदै शान्ति सुरक्षालाई अव्बल बनाउने अभियानलाई निरन्तरता दिएको डिएसपी नरेन्द्र कुमार कार्किले भने -“लागुऔषधका कारण समाजमा मौलाउँदै गएको विकृतिले शान्ति सुरक्षामा चुनौती थपिदै गएकाले प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान जिल्लाभरी नै सञ्चालन गरिएको हो।” लागुऔषधका कारण समाजमा विकृति मौलाउँदै गएको भन्दै लकडाउनको समयमा घरेलु मदिरा मात्र होइन अन्य जुनसुकै मदिरा नष्ट गरिने प्युठान नगरपालिका १० का वडा अध्यक्ष पदम गिरीले बताए ।

नागरिकहरुलाई सहि बाटो हिड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनतामा हुने असुरक्षा तथा समस्याहरु र समाजका विकृति र विसङ्गतिका विरुद्ध सचेत गराउदै त्यसको निराकरणका लागि प्रहरीको सहयोग अनुकरणिय रहेको अध्यक्ष गिरीको भनाई छ।

प्युठान नगरपालिका १० कि ३५ बर्षिय नेपालीले गाउँमै आएर प्रहरी चौकी इन्चार्ज टीका बहादुर कुवरले चलाएको अभियानले सकारात्मक प्रभाव पारेको बताउदै भनिन, “मदिरा उत्पादन गरी बिक्री बितरण गर्नु, सेवन गर्नुले ठुला(ठुला घटना घट्न सक्ने रहेछ ।” प्रहरी बाट धेरै कुरा जान्न र बुझ्न पाएका छौँ।ू पहिलाको तुलनामा अहिले गाउँमा धेरै सुधार भएको छ’ नेपाली भन्छिन,’ प्रहरी आउनुहुन्छ, सम्झाई बुझाई गर्नुहुन्छ अहिले समाजमा धेरै शान्ति छ ।’ ‘प्रहरी त जनताका सच्चा साथी नै पो रहेछन।’

प्रतिक्रिया दिनुहोस