घरमा आगलागी, ३ ओटा गाई जले

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, बाजुरा । जिल्लाको त्रिबेणी नगरपालिका १ छतारामा आगलागी भएको छ । भान्सामा बालेको आगो हावाले उडेर आगलागी भएको हुन सक्ने अनुमान गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबत्ता दानबहादुर रोकायाले जानकारी दिनुभएको छ । प्रबत्ता रोकायाका अनुसार आगलागी भएको क्षत्रमा प्रहरीको टोली समेत पुगेर आगलागीबाट भएको क्षति बारे जानकारी लिएको बताउनुभयो ।

त्रिबेणी नगरपालिका १ छतारामा भएको आगलागी बाट स्थानीय मनबिरे नेपालीको घर जलेर नष्ट भएको छ । आगलागी बाट तिन वटा गाई जलेका छन् भने घरमा रहेको अन्नपात लुगा कपडा जलेर नष्ट भएका छन् । आग लागीबाट भएको क्षतिको एकिन बिवरण आउन बाँकी रहेको प्रबत्ता रोकायाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस