शनिबार मात्रै १११ जना बाजुरा भित्रिए

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, बाजुरा । पढाइ तथा रोजगारीको शिलसिलामा देश तथा जिल्ला बाहीर रहेका १११ जना बाजुरा भित्रिएका छन् । सरकारले आफ्ना देशका नागरीकको उद्दार गर्ने अनुमति दिएपछि अहिले जिल्लामा आउनेको संख्यामा बृद्धि भएको छ । शनिबार मात्रै देश तथा जिल्ला बाहीर रहेका १११ जना बाजुरा आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबक्ता एबम प्रहरी निरिक्षक दानबहादुर रोकायाले जानकारी दिनुभएको हो ।

शनिबार मात्रै ५२ जना जिल्ला बाहरी र ५९ जना भारतबाट गरी जम्मा १११ जना बाजुरा भित्रिएको प्रबत्ता रोकायाले बताउनुभयो । जिल्लाका बिभिन्न नगरपालिका तथा गाउपालिका १११ जना बाजुरा आएका छन । बाजुरा आएका १११ जना मध्ये ३ जना हुम्लाका रहेका छन् । त्यस्तै स्वामिकार्तिक खापर गाउपालिका र जगनाथ गाउपालिकाका १५ जना रहेका छन् । १५ जना दुई पालिकाका र ३ जना हुम्लाका गरी १८ जनाको लागी गाडी ब्यवस्था गरेर आ आफ्नो पालिकामा पठाउन सम्बन्धीत पालिका संग समन्वय भैरहेको प्रबत्ता रोकायाले जानकारी दिनुभएको छ ।

शुक्रबार मात्रै भारमा कामको शिलसिलामा गएका ६९ जना बाजुरा भित्रिएका थिए । दुई दिनमा १८० जना जिल्ला भित्रिएका छन् भने अंझै आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस