कांग्रेसले केही दिन समय मागेका कारण संविधान संशोधन विधेयक बुधबार पेश नगरिएको : नेता नेम्वाङ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेसले केही दिन समय मागेका कारण संविधान संशोधन विधेयक बुधबार पेश नगरिएको बताउनु भएको छ । संविधान संशोधनको लागि धरै समय पर्खिन नसकिने स्पष्ट पार्दै उहाले सर्वदलीय बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच छोटो सम्वाद भएको बताउनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले चाँडो पार्टीको बैठक राखेर विधेयकको पक्षमा उभिन आग्रह गरेको बताउँदै उहाँले संविधान संशोधन विधेयकअघि बढिसकेकाले यसमा बिलम्ब गर्न नहुने बताउनुभयो । नेता नेम्वाङका अनुसार बुधबार नै विधेयकलाई कार्यसूचीमा राख्दा आफूहरुलाई अप्ठ्यारो हुने भन्दै कांग्रेस सभापति देउवाले हामीले पनि भोट हाल्न पाउनुपर्ने साथै एक दुई दिन पर्खिनुस् भनेकोले आजको कार्यसूचीबाट हटाइएको हो ।

नेता नेम्वाङले भन्नुभयो, ‘तर यो विषयमा हामी धेरै पर्खिन सकिन्न भनिसकेका छौं । सभामुखले पनि भन्नुभएको छ । कांग्रेसले चाँडै केन्द्रीय कार्य समिति बैठकबाट निर्णय गर्ला । किनकी नक्सा जारी गरेको र भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्ने कुरामा सबै दलले प्रधानमन्त्रीलाई साथ दिन्छौं भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस