राष्ट्रिय अनलाईन पत्रकार संघले २ नम्बर वडालाई दियो स्वास्थ सामाग्रीहरु

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, दाङ । राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेशले दाङको देउखुरी राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयका वडा अध्यक्ष जगत बहादुर थापालाई वडा कार्यालयमा रहेको कर्मचारीहरुलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेको छ ।

राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालयमा रहेका सम्पुर्ण कर्मचारीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको राष्ट्रिय अनलाईन पत्रकार संघ ५. नम्बर प्रदेश उपाध्यक्ष सागर थापाले जानकारी दिनुभएको छ । लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई घर बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर निकै जोखिम मोलेर सो कार्य गरेको अहिलेको यस्तो कोरोना महामारी विषम परिस्थितिमा पनि आफ्नो जीउ ज्यानको प्रवाह नगरी राप्ती गाउँपालिका २ नम्बर वडाले दिनरात नभनेर वडा बासीहरुको लागि सुरक्षा र हेरचारमा अहोरात्र आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको राष्ट्रिय अनलाईन पत्रकार संघका पाँच नम्बर प्रदेश उपाध्यक्ष थापाका अनुसार मास्क, स्यानी टाइजर, ग्लुब्स, पञ्जा, सहयोग गरेका छन ।

प्रतिक्रिया दिनुहोस