बाख्रा चराउन गएको मानिस मृत फेला

Khabar24Nepal Author Logo..
विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, नवलपरासी । नवलपरासी प्रतापपुर गा.पा.३ बाउनगढीमा बाख्रा चराउन गएका एक जना मृत फेला परेका छन । समयमै बाख्रा घरमा नल्याएकोले घरधनी मनोहर चौधरी खोज्न जाने क्रममा बाउनगढी मन्दिर नजिकै मृत अवस्थामा फेला परेका थिए ।

बाउनगढी मन्दिरको नजिक भारत बिहारको कटैया बस्ने मनोहर चौधरीको घरमा काम गर्दै आएको प्रेम काँजी चौधरी विहिबार बिहान बाख्रा चराउन भनि घरबाट निस्केका थिए । मृत चौधरीकाे शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल नवलपरासी लगिएको छ । थप अनुसन्धान भई रहेको प्रदेश ५ नं.को प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस