माछा मार्न हिडेका रोल्पाका एक व्यक्तिलाई अर्धचेत अवस्थामा उद्धार

Khabar24Nepal Author Logo..
सन्दिप डागी पढ्न लाग्ने समय : १ मिनेट

रोल्पा ,१० रोल्पा । माछा मार्न हिडेका सुनिलस्मृती गाउँपालिका वडा नं। १ घोडागाउँका एक व्यक्तिलाई अर्धचेत अवस्थामा उद्धार गरिएको छ । हिजो साँझ ५ वजे माडि खोलामा माछा मार्न हिडेका भुपेन्द्र कवरलाई उनका साथिहरुले उद्धार गरेका हुन ।

आफ्ना साथिहरुलाई खोला किनारामा राखेर कवर खोलामा पसेका थिए । करिव ५ –६ मिनेट सम्म पनि खोला बाहिर नआए पछि खोलामा हेर्न जाँदा खोलाको गहिराइमा अचेत अवस्थामा उनलाई फेला पारेको प्रत्यक्षदर्शि दामोदर केसीले बताउनु भयो । ३३ वर्षका अर्धचेत अवस्थामा रहेका कवरलाई उनका साथी कुमार घर्तीले खोला बाट निकालेको बताइएको छ ।

अर्धचेत अवस्थामा रहेका उनलाई भिग्री प्युठानमा रहेको प्राथमिक स्वास्थ्य चौकिमा सामान्य उपचार पछि वुटवल रिफर गरिएको थियो । उनिसंगै गएका साथिहरुले रातारात एम्वुलेन्स मार्फत वुटवल लगेका हुन । उनलाई अहिले बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भर्ना गरिएको छ । गए राती ११ बजे भर्ना गरिएको अस्पतालले अहिले सम्म आफन्तहरुलाई भेट्न दिइएको छैन ।

प्युठानको किमिचौरमा कपाल काट्ने पेशा गर्ने कवरको कुनै दिर्घ रोग नभएको पारिवारीक स्रोतले बताएको छ । माछा मार्न खोलामा पसेका उनि कसरी अचेत भए भन्ने बारेमा अनुसन्धान भइरहेको सुनिलस्मृती गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केशवलाल कवरले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस