कर्णाली प्रदेशको ६० संक्रमित मध्ये ३० दैलेखी : जिल्ला उच्च जोखिममा

Khabar24Nepal Author Logo..
भावना हमाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, दैलेख । दैलेखका थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परिक्षणका क्रममा थप १४ जनाको रिर्पोट पोजेटिभ देखिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनकाअनुसार १७ देखि ५० बर्ष उमेर समुहका व्यक्तिमा पोजेटिभ देखिएको हो । उनीहरू सबै दैलेखका हुुुन । पोजेटिभ देखिएका उनीहरु सबै भारतबाट आएका हुन् । सुर्खेतबाट पठाइएको १ हजार ४० जनाको स्वाब परिक्षणको प्रारम्भिक परिक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो । थप १४ संंगै कर्णालीमा ६० पुगेको छ। यसअघि ४६ जनामा संक्रमण पुष्टि भएकोे थियो।

दैलेखको नारायण नगरपालिका २,३,४,६,८,९ र १० वडाका स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । नारायण नगरपालिकामा यसअघि विभिन्न चरणमा गरि १६ जनामा संक्रमण देखिएको थियो । शुक्रबार १४ जना थपिएसंगै दैलेखमा संक्रमितको संख्या ३० पुगेको छ ।

भारतबाट आउने नागरिकका कारण कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै गएको छ । कोरोना संक्रमित हुनेको संख्या ६० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस