भारतमा अलपत्र परेका नौबहिनी गाउँ पालिका युवा भन्छन् “सडकमा पोलिथिनमा मागेर बाँचेका छौँ, हाम्रो उद्धार होस्”

Khabar24Nepal Author Logo..
राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : २ मिनेट

जेठ १७, प्युठान । एउटा कोठामा १३ जना छौँ, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौँ । हाम्रा कुरा सुनिदिने को छ ? ’ यो भनाइ हो, नौबहिनी गाउँपालिका ५ का अर्जुन राना क्षत्रीको ।

उनि अहिले गुजरातको राजकोट भारतमा हुनुहुन्छ । आफूहरुको गुहार सुन्ने कोही नभएको भन्दै क्षत्रीले टेलिफोनमार्फत दुखेसो पोखे।‘१३ जना गाउँले एक कोठामा बन्दी जस्तै जीवन बताइरहेको छौँ’, अर्का बाबुराम राना क्षत्री ले रुँदै भने, ‘बाहिर आए भारतीय प्रहरीले लाठीले हिर्काउँछ, कोठामा खाने खाद्यान्न सकिएको छ ।’ कुनै दिन कुनै निकायले सडकको छेउमा खाना खुवाएको देखिन्छ लुकेर त्यहाँ पुग्छौं र पोलिथिनमा खाना लिएर खान्छौ राम्रो सङ्ग नखाएको त कैयौं दिन भैसक्यो।

भारत गएको २२ दिन नहुदै लकडाउन सुरु भएपछि पीडा र वेदनाका बीचमा कामविहीन भएका १४ जना ब्यक्ति नौबहिनी गाउँपालिका-५ नागरिक रुदै कराउँदै उद्धारका लागि याचना गरिरहेका छन् । दैनिक घर परिवारले फोनमा कुरा गर्दा कस्तो छ रु के छ रु भनी सोध्दा, सधैँ ढाँटेर हामीलाई राम्रो छ । चिन्ता नलिनु भन्दै आश्वस्त पार्ने काम गरिरहेको समेत पदम बुढाले भने। ‘घरमा ऋण थियो, तिर्नका लागि घर छाडेर भारत आइयो, यहाँ पनि मरिन्छ कि, बाँचिन्छ थाहा छैन’, बुढाले भने, ‘गरिबलाई जहाँ आए पनि पीडा र दुःखमात्र हुँदोरहेछ, कतै कोरोना लागेर हामी पनि कुकुर मरेझैँ हुन्छौँ कि भन्ने चिन्ता लाग्छ।’

‘अभाव र बाध्यताको बीचमा हुर्किएको कर्म जहाँ गए पनि ठक्करमात्र खान्छ कुनै बेला मरिहालौँ कि जस्तो पनि लाग्छ तर घरमा सानो छोरीलाई आँखा अगाडि झलझल सम्झिन्छु, अनि बाँच्न मन लाग्छ’, अर्जुन राना क्षेत्रिले फोनमा रुँदै भन्छ्न।  सरकारसम्म आफ्ना कुरा सुनाएर उद्धार गर्ने वातारण सिर्जना गर्नसमेत उनीहरुको आग्रह छ । हिँडेर पनि आउन सक्ने अवस्था नहुँदा आफूहरु त्यहाँ बस्न बाध्य भएको उनीहरुले बताएका छन् ।

आजभोलि भारतीयको व्यवहार पहिलेको जस्तो राम्रो नभएको समेत उनीहरुले बताएका छन् । खाना नपाएर मर्नुपर्ने अवस्था आउन थालेको समेत पीडा उनीहरु सुनाउँछन् । गाउँमा रोजगारीको सम्भावना नभएपछि अर्कै सङ्ग भाडा लिएर भारत पुगेको कयौं सर्वसाधारण लकडाउनका कारण कमाएको जति खाँदा भाडासमेत नपाएर अलपत्र परेको बताएका छन् ।

रोजगारीका लागि ४ हजार भन्दा बढी प्युठानवासी जिल्लामा आगमन भएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्ट्र तथा सुचना अधिकारी बिष्णु पौडेलले जानकारी दिए । उनका अनुसार अझै धेरै नागरिक आइरहेको खबर छ ।अहिले जिल्लामा आएका सबैलाई क्वारेन्टिनमा राखेर कोरोना जाँचको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस