कोरोना संक्रमित १६६ थपिए, कुल सङ्ख्या १५६७, मृत्यु २ थपिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमासो जानकारी दिएका हुन् । उनका अनुसार संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।

कोरोनाबाट दैलेखमा र बाजुरामा १-१ जनाको मृत्यु भएको छ । बाजुरामा २ वर्षिय बालिकाको कोरोनाका कारण मृत्यु भएको हो । योसगैं कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस