• २०८० चैत्र १६ गते शुक्रवार

नेपालगञ्ज उद्योग वाणिज्य संघद्धारा अर्थ मन्त्रीलाई ज्ञापन पत्र पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजीक्षेत्रलाई सरकारले राहत दिनुको सट्टा लकडाउनकै बीच कर तिर्नु भनी गरेको ताकेताले अझ हतोत्साहीत र मर्माहत बनाएको जनाउदैं ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, बाँके मार्फत अर्थमन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

बजेटले निजीक्षेत्रलाई राहत दिने प्रकारको नरहेको बताउदैं त्यसमा झन् आफ्नो पसल, व्यवसायमा ताला लगाएर घरमा बसेका व्यवसायीलाई कर तिर्न आदेश दिनुले सरकार निजीक्षेत्र प्रति जिम्मेवार छैन र उपेक्षा गरिरहेको छ भन्ने महसुस भएको बताउलै ज्ञापन पत्रमा सर्वोच्च अदालतबाट भर्खरै मात्र लकडाउन अवधि भरको समयलाई शुन्य समय मानि आदेश भएकोमा वर्तमान परिस्थितिमा न्यायीक क्षेत्रमा समेत राहत हुने निर्णय आउनुले नेपाल सरकारबाट शुन्य समय मान्न किन नसकिने भनि प्रति पश्न गरिएको छ ।

हेर्नुहोस ज्ञापन पत्र

प्रतिक्रिया दिनुहोस