भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार नाग्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । बिहीबार मात्रै भारतमा एकै दिन ९ हजार ८८९ नयाँ संक्रमित फेला परेका छन् । यो भारतमा एकैदिन हालसम्मकै सर्वाधिक कोरोना संक्रमित पुष्टि भएको संख्या हो । बुधबार त्यहाँ ९ हजार ६३३ नयाँ संक्रमित फेला परेका थिए ।

भारतमा बिहीबार एक दिनमा कोरोनाबाट २७५ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ भने कुल संक्रमित संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये हाल १ लाख ८ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । हाल त्यहाँ १ लाख ११ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।

प्रतिक्रिया दिनुहोस