• २०८० चैत्र १६ गते शुक्रवार

बिजुवार खेलमैदानमा एक ब्यक्ति अलपत्र, २४ घण्टा सम्म पनि भएन उद्वार

सीता बि.क पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, प्युठान । भारतको महाराष्ट बाट गृह जिल्ला प्युठान ऐरावती गाउँपालिका २ का एक ब्यक्तिको २४ घण्टा बितिसक्दा पनि सम्म उद्दार हुन सकेन । प्युठान नगरपालिका ४ बिजुवारको खेल मैदानमा जेष्ठ २२ गते साझ ५ बजे देखि अलपत्र अवस्थामा रहेका भरत सुनार कृष्णनगर नाका हुँदै करिब २७ वर्षका युवक को हुन उनले आफ्नो नाम भरत सुनार भनेका थिए ।

तर यस क्षेत्रका कसैले पनि नचिनेको बताएका थिए । अघिल्लो दिन साझ नगरपालिकाका स्टाफले खाना खुवाएका थियौं अहिलेसम्म यहीँ हुनुहुन्छ उहाँलाई कसैले सोधखोज नै गरेको छैन एक जना चालकले बताए । २३ गते दिउसो इलाका प्रहरी कार्यालय बिजुवारले जानकारी पाएर स्थलमा पुगेर हेरेर पनि फर्केका रहेछन तर अहिलेसम्म सम्म उद्धारका लागी कोही तयार देखिएनन ।

बिजुवार निवासी प्रबिन बि कले फोन गरि एक जना ब्यक्ति हिजो देखि बिजुवार खेलमैदानमा अलपत्र लडी रहेका छन । कसैले उद्दार नगरेको भन्दै जानकारी दिए लगतै म घटना स्थलमा पुगे त्यहा जादा कोहि ब्यक्ति थिएनन् उनी एक्लै भौतारिरहेका थिए। नमस्ते यातायातको ना ६ ख ९१२० नम्बरको बसमा यहाँ सम्म आएको हु ,बरौला जानुपर्ने हिडेर जान पनि सकिन्थ्यो तर गाडिले रोकेन गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्दा फोन उठ्दैन उनी भन्छ्न । सुनार बिगत देखि महाराष्टको अपोला भन्ने ठाउँमा एक होटलमा काम गर्दै आएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस