बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २५, बैतडी । बैतडीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका वडा नं ६ कै सन्तोलि घर भएका ३१ वर्षीय युवकको शनिबार मृत्यु भएको हो।

साँझ साढे ६ बजेतिर उनी एक्कासि बेहोस भएका थिए । त्यसपछि उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर उनको मृत्यु भएको हो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ । ज्यान गुमाएका पुरुष हिजो शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए र उनी सीधै क्वारेन्टाइनमा गएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस