• २०८१ बैशाख १३ गते बिहिवार

बाजुरामा ४ दिनअघि क्वारेन्टिनमा जन्मिएका शिशुमा समेत कोरोना पुष्टि

राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, बाजुरा । बाजुरामा बिहिबार थपिएका १८ जना कोरोना संक्रमितमध्ये ४ दिने शिशु पनि रहेका छन् । ती शिशु चार दिनअघि मात्रै बाजुराको बुढीगंगा नगरपालिका १ धुरालसैन माबिको क्वारेन्टिनमा जन्मिएका थिए ।

बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए । सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस