बडिमालिका नगरपालिका वडा नं ५ मा कागती र सुन्तलाका बोटहरु वितरण

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, बाजुरा । बडिमालिका नगरपालिका वडा नं ५ मनाको आर्थिक सहयोग र मना कृषी सहकारी संस्थाको सहकार्यमा कागती र सुन्तलाका बोटहरु वितरण गरिएको छ । वडा कृर्षकहरुलाई कृर्षीमा आत्मनिर्भर बनाउने उदेष्यले वडा भरीका २ सय २३ घरपरिवारलाई आज विरुबा वितरण गरिएको वडा अध्यक्ष बल बहादुर थापाले बताउनु भएको छ ।

प्रती घरपरिवारका दरले ३ बोट कागती र २ बोट सुन्तला गरी एघार सय १५ बोटहरु वितरण गरिएको जनाएको छ । यस्ता कार्यले वडा भरिका जनतालाई फलफुल खेतीमा लाग्न प्रात्हसान मिल्ने वडा अध्यक्ष बल बहादुर थापाको भनाइ रहेको छ । वडा अध्यक्ष थापाका अनुशार आफ्ना् वडाका कृर्षकहरुलाई कृर्षीमा आत्मनिभर बनाउदै वेरोजगारी रहेका कृषकहरुलाई रोजगारी बनाउने बताउनु भएको छ । धेरै जसो स्थानियहरु रोजगारीको सिलसिलामा जिल्ला भन्दा बाहिर जाने भएकाले। कृर्षीमा आत्मनिर्भंर बनाउने उदेष्य रहेको वडा कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस