मुगुमा प्रत्यक्ष फोन गरि आफ्ना गुनासा पोख्न सकिने

नौ वटा क्षेत्रमा फोन नम्वरहरुको होडिंग बोड राखिने
Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

असार ०२, मुगु । हिमाली जिल्ला मुगुमा प्रत्यक्ष फोन सम्पर्क गरि आफ्ना गुनासा जिज्ञासाहरु पोख्न सकिने भएको छ । जिल्लाका १५ वटा प्रहरी चौकि, अस्थाई प्रहरी पोष्टमा प्रत्यक्ष सम्पर्क गरि आफ्ना गुनासाहरु पोख्न सकिने भएको हो ।

जिल्लामा विभिन्न नाका बाट भित्रिने नागरिकहरुले सम्बन्धित वडाहरुको एरियाहरुमा कुनै पनि कसुर भएको भईरहेको वा हुन लागेको छ भने थाहा पाउना वित्तिकै नेपाल प्रहरी लाई कुनै पनि सुचना खवर , सुझाव सल्लाह प्रदान गर्न तथा आपतकालिन अवस्था सृजना भएमा आवश्यक प्रहरी सेवा समयमै प्राप्त गर्न सम्बन्धित नम्वरमा फोन सम्पर्क गरी आफ्ना गुनासाहरु पोख्न सकिने कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस) पार्क मुगुले जनाएको छ । यो कार्यक्रमले मुगालीका नागरिक मात्र नभएर जुनसुकै टाउ बाट आएका नागरिकले सम्बन्धित ठाउमा सम्पर्क गर्न सकिने जनाईएको हो । कार्यालयका अनुसार अरु भन्दा पनि साविकका कर्णालीका जिल्लाहरुमा वालविवाह हुने भएको हुदा यसैलाई मध्येनजर गर्दे यस संस्थाले बालविवाह न्युनिकरण अभियान चालेको कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस) पार्क मुगुका अध्यक्ष अज बहादुर शाहीले बताए ।

उनका अनुसार विश्व महामारी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ ले विश्व लाई नै आक्रान्त पारे पछि र सरकारले जारी गरेको लकडाउन अर्थात बन्दाबन्दि बिच संस्थाले समाजमा भएका कुरीति कुसस्कार लाई न्युनीकरण गर्न नसकेको उनले स्वीकारे । यस्ता कुरीति , कुसस्कार , वालविवाह जस्ता घटना न्युनीकरण गर्न प्रहरी सँग सहकार्य समन्वय गरेर यस अभियान लाई सार्थकता पाउने अध्यक्ष शाहीको भनाई रहेको छ । एकातिर लकडाउनले गर्दा संस्थाले गर्नु पर्ने काम कार्वाही रोकिएको जनाईएको छ । उनले भने जिल्लाका प्रमुख नाकाहरुमा सन्देश मुलक तथा सुचना होडिंङ बोडको स्थापना गरिएको शाहीले जानकारी दिए ।

 

यता जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहका अनुसार आफु जिल्ला भित्र आईसकेपछि समाजमा भईरहेका विकृति विसंगति , जघन्य अपराध , चोरी , डकैति लगायत शान्ति सुरक्षा अमन चयन लगायत जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संस्था सँग समन्वय सहकार्य गरेर समाजमा भएका विकृति विसंगति लाई निर्मुल पार्दे आईरहेको जानकारी दिए ।
उनले भने जुन संस्थाहरु बट पाउनु पर्ने साथ सपोट् नपाएको उनले दुखेसो पोखे । अरु भन्दा यस संस्थाले सक्रियताका साथ काम गरेको प्रहरी प्रशासन कार्यालय सँग समन्वय गरेर अगाडी बढिरहेको उनले धन्यवाद प्रदान गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुमा सुचना अधिकृत बाहेक अरु कसैको पनि सुचना दिने नम्वर नभएको जिप्रकाले जनाएको छ । यसै समस्या लाई समाधान गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आफ्ना जिज्ञासाहरु मेटाउनको लागि प्रत्येक प्रहरी चौकिमा सुचना आदान प्रदान गर्ने सम्पर्क नम्वरहरु राखेको डिएसपि शाहको भनाई रहेको छ । सोमवार कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्रले जिल्ला प्रहरी कार्यालय मुगु लाई ९ वटा होडिङ बोर्ड हस्तान्तरण गरेको छ ।

हेर्नुहोस यो होडिंङ बोडमा राखिएका नम्वरहरुमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस