सञ्चारकर्मी भट्टराईद्धारा निर्देशित सर्टमुभिको टेर्लस सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असार ४, काठमाडौं । सञ्चारकर्मी विमल भट्टराईद्धारा निर्देशित सर्टमुभी सामाजिक दुरीको टेर्लस सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर बनाइएको सटमुभिमा शहरबाट गाउँ आएको एक युवालाई गाउलेले हेर्ने नजर र त्यहाँ उत्पन्न परिस्थिती र उसले गर्नु परेको आत्महत्या सम्मको बारेमा वर्णन गर्न खोजिएको निर्देशक विमल भट्टराइले जानकारी दिनुभयो ।
मिन रानाको प्रमुख भुमिका रहेको यस सटमुभीमा लक्ष्मी गैरे, पुरन अधिकारी, रेशम अधिकारी, गणेश पराजुली र विमल भट्टराईको साथै स्थानियहरुको पनि अभिनय देख्न पाइन्छ । यस सटमुभीलाई कुमार बुडाले लेख्नुभएको हो । सञ्चारकर्मी भट्टराई दर्पण पोष्ट डटकममा सञ्चालक तथा खबर 24 नेपाल डटकमका नवलपरासी प्रमुख हुनुहुन्छ । ।

प्रतिक्रिया दिनुहोस