झुण्डीएको अवस्थामा देवर भाउजु मृत फेला

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, इलाम । इलाम माङसेबुङ गाँउपालिका-६ स्थितमा दुई जना झुण्डीएको अवस्थामा मृत फेला परेका छन । मृत पेला पर्नेमा इलाम माङसेबुङ(६ मावाटोल बस्ने २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन ।

बिहीबार बिहान कोहि कसैलाइ नसोधि घरबाट हिडेका देवर भाउजु बेलुका सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घर देखी करिव सात सय मिटर टाँडा दारजातको रुखको एउटै हांगामा प्लाष्टिकको डोरिको पासो लगाइ झुण्डीएको अवस्थामा दुबै जनालाई फेला पारिएको भनि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखी घटना सम्बन्धमा कानुनी कारबाही तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस