हातखुट्टा बाँधेर एक अधबैंसेको हत्या

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, सर्लाही । सर्लाहीमा हातखुट्टा बाँधेर एक अधवैंसेको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । रामनगर गाउँपालिका ४ बैरिया टोलका ४० वर्षीय रामजुलुम रायको शव हत्या गरिएको अवस्थामा घरभन्दा केही दुरीमा रहेको खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको हत्या घरेलु हतियारको प्रयोग गरी भएको देखिएको र हत्या कसले र किन गरेको हो ? भन्ने सन्दर्भमा खुलिसकेको छैन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस