लद्दाखमा अल्झिएको मानव अधिकार

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

गत साता लद्दाखको सीमा विवादलाइ लिएर दुई ठूला सामरिक शक्ति राष्ट्र हरुको एकापसमा सैनिक भिडन्त भइ भारतीय सेनातर्फ करिब बीस जनाको हताहत भएको कुरा विभिन्न समाचार माध्यमहरुले दिए । उता, चीनतिर पनि केही सैनिकहरुको मृत्यु भएको दावी भारतीय मिडियाहरुले गर्दै आइरहेका भएपनि चीनले अहिलेसम्म आफ्नो आधिकारिक धारणा सार्बजनिक गरेको छैन ।

यसै सिलसिलामा नेपालका मानव अधिकारवादी भनेर चिनिने कृष्ण पहाडी भने केहि दिन अगाडि चीनले भारतलाइ हेप्यो, भारतले न्याय पाउनुपर्छ भन्दै चिनियाँ दुताबासमा प्ले कार्ड बोकेर धर्ना दिए । ता कि चीन र भारतको सीमा रेखा “कन्ट्रोल लाइन” दुबै देसका सेनाहरु वार पार गरिएको विषय नै लामो समय दुबै देशको द्वन्दको कारण हो र भारतको सीमा विवाद चीनसंग मात्र होइन वल्की बङलादेस, पाकिस्तान, नेपालसंग पनि त्यत्तिकै छ । लकडाउनपस्चात लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवादलाइ लिएर नेपाल र भारतवीच पनि जुहारी नै चलेको छ ।

नेपालको संसदले त झन लिम्पियाधुरा नेपालको भुभाग हो भनी निशाना छाप सम्बन्धी बिध्येयक संसदबाट पारित गरेपछि त दुबै देशको विवाद झन चुलिएको छ र सीमा विवादको कुरा गर्दा विभिन्न समाचार अनुसार लद्दाख क्षेत्रमा चीनको तर्फबाट भारतलाइ कयौं पटक आफ्नो एरियामा नआउनको लागि अनुरोध गर्दा पनि भारतले जसरी अरु देसलाइ हेपेको थियो त्यसैगरी कन्ट्रोल लाइन पार गरी निर्माण शुरु गरेर नै विवाद शुरु भयो र दुबै देशका सेना आम्ने साम्ने भिडन्तको स्थितिमा पुगे । भारततर्फको केही सेनाको मृत्यु भयो त्यो दुखद घटना हो तर कुनैपनि देसको शासकीय अदुरदर्सीताको कारण सेनालाइ बलीको बोको बनाउनु कत्तिको जायज छ त्यो त भविश्यले बताउने छ र भारतका कयौ बिद्दानहरुले मोदीको बिरोध गरेका छन र उनको शासकिय शैलिमा प्रश्न उठाएका पनि छन ।

कुरा रह्यो मानव अधिकारवादीको, भारतद्वारा स्वयम् हामी हेपिएको अबस्थामा भारतको पक्ष र चीनको बिपक्षमा उभिनु “अर्थ न बर्थ गोबिन्द गाई” भनेजस्तै कतै सीता नि उतैको गिता नि उतैको त होइन ? हुन त हाम्रो देशका कयौं मानव अधिकारवादीहरुको धर्म पार्टी विशेषको लगौटी भिरेर देस र जनताको हितमा बोल्न बाहिर देखावटी कर्मकान्ड पूरा गर्ने तर भित्री गुदी ठुल्दाइको हितनुकूल लागीपर्ने नै हो र यो सारा जनताले थाह पाएकै कुरा हो ।

अन्यथा भारतको कारणले देश र जनता थिचिएका छन, सीमाना मिचिएको छ, अर्थतन्त्र पूरै उसैको क्याप्चरमा छ, तैपनि उसैको गुण गान गाई चीन बिरोधी अभियानमा लाग्दा हामी जनताले मानव अधिकारवादीलाइ हेर्ने नजर कुन त ? त्यही  “लद्दाखमा अल्झिएको मानव अधिकार” होइन ? जुन गिताको पाठ गरि सीताको भजन मन्डली ।

प्रतिक्रिया दिनुहोस