कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, विराटनगर । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउनको विरुद्ध तथा सरकारको कोरोना राकेथाको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को सदन अवरुद्ध गरेको छ । आज वसेको प्रदेशसभाको बैठकमा कांग्रेसले अवरुद्ध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले अवरुद्ध गर्नुको कारणसहित आफ्नो भनाइराख्न कांग्रेसलाई समय दिनुभएपश्चात कांग्रेसले काठमाडौँ उपत्यकामा बाहिबाट जाने मोफसलका मानिसलाई रोक लगाएको भन्दै विरोध जनाएको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले काठमाडौँ बाहिरका मानिस कुन दर्जाका हुन ? किन नाकाबाट फर्काइयो ? भनि प्रश्न गर्नुभएको थियो । कयौं नागरिक काठमाडौँ जान रोकिएको भन्दै सचेतक कार्कीले उक्त विषयमा प्रदेश सरकार किन चुप लागेको भनि आक्रोस व्यक्त गर्नुभयो । त्यस्तै उहाँले कोरोना रोकथामको लागि प्रदेश सरकारले पीसीआर परिक्षण तथा अन्य खर्च सार्वजनिक गर्न माग गर्नुभयो । त्यस्तै उहाँले तत्काल प्रदेशको नामाकरण तथा यातायात व्यवसायीको मागलाई सम्बोधन गर्नुपर्ने समेत माग रानख्नुभयो ।

बैठक मंगलवार १ बजेसम्मको लागि स्थगित भएको छ । यता संघ सरकारले भने कोरोनाको नियन्त्रण तथा रोकथामको लागि अत्याधिक जोखिम रहने भएकोेले उपत्यका प्रवेशमा कडाइ गरेको छ । अत्याधिक मात्रामा मानिसको चाप हुने भएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले उपत्यका प्रवेशमा कडाई गरेका हो ।

प्रतिक्रिया दिनुहोस