देवकोटा शर्मा उपाध्यायको संयोजकत्वमा जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय संजाल घोषणा

Khabar24Nepal Author Logo..
अंकित डि.सी पढ्न लाग्ने समय : २ मिनेट

दाङ ८ असार । समाजमा व्यप्त जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझा संजालको घोषणा गरीएको छ । संबैधानिक एवं कानुनीरुपमा जातीय विभेद अन्त्य भई सकेपनि व्यवहारमा अन्त्य नभएको र छुवाछुत जस्तो अमानवीय कुसंस्काले संभावित जातीय नरसंहारसम्मका घटनाहरुहुन सक्ने तर्फ संबेदनसील हुँदै २१औं सताब्दिमा पनि नेपालमा जातीय विभेद र छुवाछुतका घटनाहरु घटिरहनुर मानव मानव बिचमा विभेद हुनु मानव समाजलाई जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजाल घोषणा गरीएको तदर्थ समितिका संयोजक बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले जानकारी दिनुभयो ।

“दलित समुदायको एक्लै आन्दोलनले मात्र जातीय विभेद र छुवाछुत अन्त्य नहुने हुँदा जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजाल को आवस्यकता परेको हो ” जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका राष्ट्रिय संयोजक बिष्णुकुमार देवकोटा शर्मा उपाध्यायले बताउनुभयो । दलित समुदायले भोग्नुपरेको समस्या र दलित र गैह्रदलित समुदाय विच प्रत्यक्ष अन्तरकृया गराउने उदेस्यल जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका आवस्यक्ता रहेको जातीय विभेद अन्त्यका लागि दलित तथा गैह्रदलित राष्ट्रिय साझ संजालका संयोजक उपाध्यायले दावी गर्नुभयो ।

जातीय विभेद र जातिय छुवाछुत साझा समस्या भएको भन्दै २१औं सताब्दिमा जातीय विभेद हुनु मानव सभ्यताको कलंक भएको भन्दै उपाध्यायले सबै समुदायले नेतृत्व लिएर जातीय विभेदको अन्त्य गर्नुपर्नै आवस्यक्ता देखिएको उपाध्यायले जिकिर गर्नुभयो । जातीय विभेद र छुवाछुतकै कारण हिन्दुधर्म प्रति घृणा उत्पन्न भएको भन्दै उपाध्यायले हिन्दु धर्म बचाउन पनि जातिय विभेद र छुवाछुतको अन्त्य गर्नु पर्नै अनिबार्य आवस्यक्ता भएको दावि गर्नु भयो । “हिन्दूधर्मको उत्थान र व्यवहारीक ग्रहण र निरन्तरताका लागि जातीय विभेद अन्त्य हुन जरुरी छ ” उपाध्याएको दावी छ ।

देशका ७७ वटै जिल्लाहरुमा जिल्ला समिति, ७ वटै प्रदेशहरुमा प्रदेश समिति र केन्द्रिय समिति सहित संबिधान र कानुन कार्यान्वयन गराउने सवालमा अभियान छेडिएको र जातीय विभेदरहित सभ्य मानव समाजको महान अभियानमा सहभागि हुन सबै न्याय प्रेमी जनसमुदायहरुमा आह्वान गरीने उपाध्यायले बताउनुभयो । केही दिन भित्र दाङमा पत्रकार सम्मेलन गरी राष्ट्रिय समितिको घोषणा गरीने र लकडाउनको समाप्तिपछि देशै भरी संगठन निर्माण गरीने उपाध्यायले जानकारी दिनुभयो ।

“नेपालको लोकतान्त्रिक संबिधानको व्यवहारतः कार्यान्वयन र हृदय परीवर्तन एवं जातीय सोंच बिरुद्धको महान अभियानमा सरीक हुन सम्पुर्णमा अपिल गरीने छ ” उपाध्यायले भन्नुभयो । “अब दलितका कुरा गैर दलितले र गैर दलितका कुरा दलितले नसुनुन्जेल समस्याको समाधान हुँदैन, रुकुम घटना तेसैको परिणाम हो” उपाध्यायले तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस