पुन: सार्वजनिक भयो डिलिट भएको “फोटो फिरिममा” को भिडियो (हेर्नुहोस भिडियो)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ९, काठमाडौं ” फोटो फिरिममा ” कभर भिडियो गीतको केहि दुश्य सेन्सर गरिएको छ । नया नया न्युज नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको उक्त कम्पिटिशनमा समावेश भिडियोमा दुई समलिङ्गीको युवतीको प्रेम सम्बन्धलाई देखाईएको थियो ।

नेपाली समाजले यस्ता धेरै कुराहरुलाई सशर्ष स्वकार गर्न नसकेको अवस्था हो । समलिंगी हरुले अहिले पनि यो समाजबाट तिरस्कार र अपहेलना सहनु परिरहेको तपाई हामी सबैमा सर्वविदित नै छ । त्यसैको चपेटामा पर्यो आहाना सिलवालले निर्देशन गर्नु भएको भिडियो फोटो फिरिममा तर अर्को पाटोबाट निहालने हो भने समाजलाइ परिवर्तन गर्ने र सामाजिक कार्यमा अग्रसर सधै सबैका लागि सहयोगी हात बन्नु हुने गीतका रचनाकार र संगीतकार शिशिर भण्डारीले नै यस्तो भिडियो सामग्री सार्वजनिक गर्दा धेरै दर्शकहरुले चित्त दुखाउनु भएको महशुश गरेको शिशिर भण्डारीले बताउनु भयो ।

दर्शकहरु नै हाम्रा भगवान हुन्, उहाँहरुको आग्रहलाई स्विकार्दै गीतका केहि दृश्यहरु फोटो फिरिममाको टिमले सेन्सर गरि उक्त भिडियो पुन सार्वजनिक गर्नु परेको भण्डारी बताउछन । तर धेरै दर्शकहरुको पूर्ण यस भिडियोमा उठाइएको बिषय बस्तु प्रतिको जिज्ञासालाइ पूर्णता दिदै सेन्सर गरेका कुनै पनि दृश्य न हटाइ कथा र बिषय बस्तु र कसैको सृजनालाइ ठेश न पुर्याउने हेतुले 3mkhabar युटुब च्यानल जुन ब्यानरबाट यस फोटो फिरिममा कभर भिडियो प्रस्तुत गरिएको थियो । सोहि ब्यानरको युटुब च्यानल 3mkhabar बाट भिडियो जस्ताको तेस्तै पुन सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस

 

प्रतिक्रिया दिनुहोस