कृषकलाई कृषि उपकरण हस्तान्तरण

Khabar24Nepal Author Logo..
उमेश बि.क. पढ्न लाग्ने समय : १ मिनेट

असार ९, नवलपरासी । नवलपरासीको सरावल गाउँपालिकाद्वारा ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण गरेको छ । किसानहरुलाई कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण हस्तान्तरण गरेको हो ।

निजि तथा ब्यवसायिक फमको लागि उपकरण खरिदमा ५० प्रतिशत अनुदान बापत ५ ओटा चाप कटर (चारा काट्ने मेसिन) सरावल १ बासाको कैलाश यादव ,वडा नं.२ मनरीका रमेश यादव , वडा नं. ४ गोबरहियाकि दुर्गावति यादव ,वडा नं.६ गडौरीको सुरेश यादव तथा वडा नं. ६ पुसौलिका उमेश गुप्तालाई प्रदान गरिएको छ र २ ब्रस कटर वडा नं. २ मनरीका जगदिश यादव ,वडा नं, ४ ललितपुरका इन्दल यादवलाई हस्तान्तरण गरिएको हो ।

ब्यवसायिक कृषकलाई कृषि उपकरण हस्तान्तरण सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उत्तमा राय ,प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेल एवम् पशुसेवा प्राबिधिक यम अर्यालको सहभागीतामा हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस