रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, एजेन्सी । सोमबार राति एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा आफ्नो स्थान फेरी सुरक्षित गरेको छ । ईभान राकिटिचको गोलमा बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो ।

६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् । लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडी गोल गरे । रियल मड्रिडले बुधबार मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ । तर पछिल्लो जितले बार्सिलोनाले आफुलाई उपाधि होडमा राखेको छ ।

स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंक सहित तालिकाको दशौं स्थानमा छ ।

बार्सिलोना र बिल्बाओ भिड्दै, कसले मार्ला बाजी ?

प्रतिक्रिया दिनुहोस