राजनीतिमा एक रोचक प्रसङ्ग , आखिर फाइदा कसलाइ ?

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ३ मिनेट

कुरा २०३४ सालतिरको हो । रास्ट्रिय मेलमिलापको नीति लिएर पटनाबाट नेपाल फर्किने बित्तिकै बीपीलाइ पक्रनू भन्ने आदेश आयो । तुलसी गिरी प्रधानमन्त्री थिए । बीपीलाइ पक्रियो । उनी र गणेशमान सहितलाई महाराजगन्जको प्रहरी तालिम केन्द्रमा राखियो ।

बीपी क्यान्सरबाट ग्रस्त थिए । उनी सिरियस भएपछि उनको रेखदेखको लागि खटाइएका डा मृगेन्द्रराज पान्डे र डा दिनेशनाथ गोङलले तत्काल राम्रो ठाउंमा नलगे बचाउन सकिन्न भन्ने लागि तात्कालिन राजा वीरेन्द्रलाइ उनको उपचार गरिनुपर्नेबारे सुझाव दिए र नेपालमा उपचार सम्भव नभएपछि बिदेस अमेरिका लैजानुपर्ने सल्लाह दिए । तर राजा मानेनन । फेरि दुबै डाक्टरले सम्झाए कि बीपी अमेरिकाबाट उपचार गरेर फर्केपछि गर्ने राजनीतिले केही असर गर्दैन तर जेलमा मरे भने राजतन्त्रमा झन संकट आइपर्छ सरकार भनेपछि बीपी उपचारको लागि अमेरिका जान पाएका थिए । त्यही समयमा राजद्रोही मुद्दा लागेका क्यापटेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई हेटौडाको जङलमा लगी गोली हानी मारिएको थियो ।

भैरब रिसालको भोगाइबाट साभार गरिएको यो तत्कालिन अबस्थाको पत्रकारिता पेशा झन कस्तो थियो होला । कल्पनाभन्दा बाहिरको कुरा । राजाको अनुहार हेर्नको त के कुरा कतै कहि नकारात्मक कुरा मात्र काटेको थाह पाइएमा तुरुन्तै जेल नेल भोग्न तयार हुनुपर्थ्यो भने त्यो राजतन्त्र बिरुद्द र परिवर्तनको मोर्चामा सामेल हुने ती राजनैतिक बहादुर योद्दाहरुलाई सलाम गर्नैपर्छ तर अहिले हेर्नुहोस त प्रजातन्त्र आएपछि जनताको नाउमा उदार अर्थतन्त्रको नीति त ल्याए तर कागजको खोष्टामा, सबैलाई समान अधिकार त भनियो तर यो अधिकार परिवार, नाता गोता, इस्ट मित्र देवता पित्रमा र कुनै पार्टी बिशेषमा सीमित गरियो ।

स्वतन्त्रताको नाममा प्रजातन्त्र अनि प्रजातन्त्रको नाममा लुटतन्त्र लादियो, पहिला राजाको शासनमा एकल जातियताको निरन्कुशतन्त्र भनिन्थ्यो भने अहिले पनि विशेष महत्वपूर्ण ठाउंहरुमा केही जाती विशेषकै बोलवाला छ । पहिला जनतामा अनुशासन ज्यादा थियो र शासकहरु बलिया हुन्थे तर अहिलेका जनताहरुमा शासकले अनैतिक काम गरेपनि दवाब समूह गठन गरी यसको औषधि सडक आन्दोलन नै हो भन्ने ठान्दछन र लोकतन्त्रमा शासकले मनपरी गरेपछि शासित ब्यक्ति पनि झन लाचारी बन्न बाध्य हुदोरहेछ ।

अझ अहिले जातिय समानता भनिएको छ तर व्यवहारमा लागू भएको छैन । केही राजनैतिक नेतृत्व पंक्ति भ्रस्टाचारको मतियार र सत्ता टिकाउने दाउमा नेपाल आमालाइ बन्दकीमा राखी विदेशीको लगौटी बन्दा अहिले गुमेको भूमी फिर्ता ल्याउन कति संकट झेल्नुपर्नेछ अझै । अन्य विभिन्न क्षेत्रमा अहिलेको सरकारका राम्रा या नराम्रा कामको मूल्यांकन पछिका दिनमा जनताले अबश्य थाह पाउनेछन तर केही महत्वपूर्ण काममध्ये अहिलेको सरकारको दुइवटा काम ऐतिहासिक हुंदैछ ती हुन जमिन फिर्ताको बैधानिक बाटो खुल्ला र नागरिकता बिधेयक ।

तसर्थ राजाको पालामा त लोकतन्त्रवादीहरुसंग डरै थियो भने अहिले हामी सबै स्वतन्त्र छौं । यसरी स्वतन्त्र छौं भन्दै गर्दा कतै यसको नाममा विकृतिको प्वांख त उमारीरहेका छैनौ । यी कुराहरु नेतृत्व र जनताले बुझ्न ढिला गर्नुहुदैन किनकी आज अघोषित रुपमा गणतन्त्रमाथी देशी विदेशी शक्तिहरुले प्रहार गर्दैछन तर हामी गणतन्त्रबादी भनेकाहरु तिनै भिडसंग मिलेर उनीहरुकै जाल प्रयोग गरि भाइरल बन्ने नाममा धमिलो पानीमा माछा मार्न तम्तयार हुंदैछौ भने आखिर फाइदा कसलाई ?

प्रतिक्रिया दिनुहोस