रियल फेरी शीर्ष स्थानमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सोमबार राति भएको खेलमा मालोर्कालाई हराउँदै रियल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा १९ औं मिनेटमा भिनिसियसको गोलमार्फत रियल मड्रिडले खेलमा अग्रता बनाएको हो ।

रामोसले ५६ औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए । मालोर्काले १५ बर्षिया युवा खेलाडी लुका रोमिरोलाई रियलबिरुद्ध डेब्यु गराएको थियो । उनी स्पेनिस ला लिगाका सबैभन्दा कान्छा खेलाडी बनेका छन् । रियलको जितमा भिनिसियस जुनियर र सर्जियो रामोसले एक एक गोल गरेका थिए ।

शीर्ष स्थानको रियलले ६८ अंक जोड्न सफल रह्यो । बार्सिलोनासंग अंक बराबरी भएपनि हेड टू हेडका आधारमा रियल शीर्ष स्थानमा उक्लिन सफल भएको हो । पछिल्लो नतिजाले मालोर्का रेलिगेशनमा झर्ने सम्भावना प्रबल बनेको छ । मालोर्का २६ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ । लिगमा ७ चरणको खेल बाँकी रहदाँ रियलले लिगमा अग्रता बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस