दाङ प्रहरीले भरुवा बन्दुक सहित एकजना पक्राउ

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार ११, कास्की । जिल्ला प्रहरी कार्यालय दाङले दाङमा हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं। १३ लापे स्थित गंगाराम नेपालीको घरमा बस्दै आएका सोही ठाउँका २६ बर्षीय साजन नेपालीलाई पक्राउ गरिएको हो ।

लुकाई छिपाई राखेको भरुवा बन्दुक एक थान, कटुवा पेस्तोल एक थान र भरुवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा २१० थानसहित मंगलबार उनलाइ पक्राउ गरिएको हो । उनलाई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद ६ दफा १३२ कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले प्रहरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस