जुनिचाँदे गाउँपालिकाको ४४करोड ९८ लाख बजेट सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आव २०७७/०७८ को लागि रु ४४करोड ९८ लाख २२ हजार २ सय ४० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पाँचौं गाउँ सभामा कार्यवाहक अध्यक्ष शिवा आर्चाय बस्नेतद्वारा प्रस्तुत सो आ.व. को बजेटमा चालुतर्फ रु ८ करोड ८५ लाख ४४ हजार र पूँजीगततर्फ रु १० करोड ९५ लाख ७८ हजार २ सय ४० र समपुरक अनुदान २ करोड ६९ लाख बिशेष अनुदान २ करोड ३० लाख शसर्त अनुदान २० करोड १८ लाख बजेट विनियोजित गरिएको छ ।

गाउँपालिकाले मुख्य गरी स्वास्थ्य कृषि, शिक्षा, उद्यमशीलता र पूर्वाधारमा जोड दिएर नीति तथा कार्यक्रम र बजेट ल्याइएको कार्यबाहक अध्यक्ष बस्नेतले जानकारी दिइन ।गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याईएको उनको भनाइ छ । विश्व भरी फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले नितितथा कार्यक्रममा समेटेर स्वास्थ्यलाइ बिशेष प्रथामिक्ताका साथ अगाडी बढेको कार्यबाहक अध्यक्ष बस्नेतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस