वृहत विष्णुमती तथा मठ मन्दिर सरसफाई अन्तर्गत भोली म्हैपी मन्दिर सरसफाई हुदैं

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । राष्ट्रिय नागरिक विकास समाजद्धारा आयोजित उपत्यका सरसफाई महाअभियान अन्तर्गत वृहत विष्णुमती तथा मठ मन्दिर सरसफाई कार्यक्रमको निरन्तरता सगैं भोलि म्हैपी मन्दिर वरपर सरसफाई कार्यक्रम हुदैंछ ।

अभियान्ता प्रकास कुबँरका अनुसार प्रत्येक शनिबार ७ः३० मा सुरुहुने कार्यक्रम भोली शनिबार बालाजु शिव मन्दिर विष्णुमती पुलसगैं भेला भएर म्हैपी मन्दिर परिसरमा सरसफाई गरिनेछ । कोरोनासँग लडिरहेको अवस्थामा सरसफाईको पनि महत्व हुने भएकाले सरसफाई गर्न लागेको उहाँले बताउनु भयो । उहाँले बालाजु आसपासका स्थानमा रहेका सबैलाई सरसफाई कार्यक्रममा आउन आव्हान गर्नु भएको छ ।

खबर24नेपाल डटकम पनि सबैलाई विष्णुमती सरसफाईमा आई सहयोग गर्नुहुन अनुरोध गर्दछ ।

प्रतिक्रिया दिनुहोस