सुनसरीबाट हतियार सहित १ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, सुनसरी । सुनसरीको धरान-१५ स्थितबाट १ जना हतियार सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा धनकुटा शहिदभुमी गाउँपालिका-६ स्थितमा बस्ने २७ बर्षीय रोशन राई रहेका छन ।

उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (आरआइटि) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान-१५ मा लुकीछिपी बसेका राईलाई बिशेष सुराकका आधारमा बुधबार राती पक्राउ गरिएको थियो । पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान-१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा उनैले सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली फेला पारी बरामद गरिएको हो । साथै पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत फेला पारी बरामद गरिएको छ ।

उनलाई सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजना मुद्धामा अनुसन्धानका लागि ६ दिन म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस