नार्गजुन ३ द्धारा अपाङ्गहरुलाई सहयोग सामाग्री वितरण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । नार्गजुन नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा रहेका अपाङ्गहरुका लागि सहयोग सामाग्री वितरण गरेको छ । अपाङ्ग भएका व्यक्तिहरुको आवागमन र दैनिकचर्यामा सहजता होस भनेर राष्ट्रिय अपाङ्ग पुनस्थापना केन्द्र (सिबिआर)ले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम बागमति प्रदेश सरकारको आर्थिक सहयोगमा सांसद प्रकाश श्रेष्ठको विशेष पहलमा आयोजना भएको हो । कार्यक्रममा नागार्जुन नगरपालिकाको उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष लगायत अन्य जनप्रतिनिधिहरु, नगर पालिकाको सामाजिक शाखा प्रमुख उपस्थितिमा रहेको थियो ।

नार्गजुन नगरपापालिका ३ वडा कार्यलय परिसरमा अपाङ्ग महानुभावहरुलाई सामानहरु बितरण गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस