पत्रकार प्रियासनको गीतमा प्रताप मनोज बेबोले अभिनय गरेको भिडियो रिलिज

Khabar24Nepal Author Logo..
सागर थापा पढ्न लाग्ने समय : २ मिनेट

असार १२, दाङ । दाङका पत्रकार एवं साहित्यकार सविन प्रियासनले आफ्नो पाँचौ गीत युट्युबमा सार्वजनिक गरेका छन् । शूत्र टिभिको युट्युबमा रिलिज गरिएको उक्त भिडियोलाई दर्शक श्रोताले पहिलो चरणमै अत्यधिक रुचाएका छन् । चर्चित गायक प्रताप दास र स्वच्छा ठकुरीको स्वर रहेको ‘मेरै सपना’ बोलको उक्त गीतलाई चर्चित सँगीतकार पुरुषोत्तम न्यौपानेले सँगीत गर्नुभएको हो ।

एप्लस स्टूडियोमा रेकर्डिङ, मिक्सिङ गरिएको गीतमा साजन शाह र नरेश बिबिसिले रेकडिष्टको भूमिका निर्वाह गर्नुभएको छ । भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको उक्त भिडियोमा मोडलहरु बेबो आचार्य, मनोज वली, सुदीप प्रजापतिलगायतकाले अभिनय गर्नुभएको छ । प्रेम कथामा आधारित उक्त भिडियोको निर्देशन अमृत शाही ठकुरीले गर्नुभएको हो ।

रेज्याक खड्काले सहनिर्देशन गर्नु भएको उक्त भिडियोलाई क्यामराम्यान नरेश ऐर र ड्रोनबाट सन्तोष महराले छायांकन गर्नुभएको हो । छायांकनकाक्रममा बिनिता पुरीले मेकअपको काम गर्नु भएको उक्त भिडियोको इडिटिङको काम अनामनगर स्थित ह्वाइट मिडियाले गरेको हो । ह्वाइट मिडियाका शक्ति प्रज्ज्वल घिमिरे र बिरबहादुर थारुले इडिट तथा कलरिङ गर्नुभएको भिडियो । मर्मस्पर्शी गीत, शव्द, सँगीत र भिडियोमा समेत प्रेम कथा समावेश गरिएकाले भिडियो उत्कृष्ट बनेको निर्माण टिमको भनाइँ छ ।

करिव पाँच मिनेटको उक्त भिडियोमा फोरके क्यामरा, ड्रोनको प्रयोग गरिएको छ । भिडियोमा दुईवटा गाडीहरुको समेत प्रयोगले भिडियोको क्वालेटी बढाउने काम गरेको छ । कथा, गीत अनि शव्द अनुसार ऋंगार र पोशाकहरुको पनि प्रयोग गरेर भिडियोलाई उच्च क्वालेटीको बनाउन खोजिएको छ । दर्जनौ भिडियोमा कलाकारकारुपमा काम गर्नुभएका मनोज वली, बेबो आचार्य, सुदीप प्रजापतिको दमदार अभिनयले भिडियोले दर्शकको मन तान्न सक्ने विश्वास निर्माण टिमको छ ।

भिडियोमा श्याम कृष्ण प्रजापति, आशिष घिमिरे, सविता अधिकारी, निर्मल रोकाको पनि बेजोड अभिनय रहेको छ । शव्द र सँगीत अनुसार गायकगायीकाले पनि गीत गाएकाले उक्त गीतले धेरै दर्शक श्रोताको ओँठमा झुण्डिने विश्वास प्रियासनको छ ।

भिडीयो

प्रतिक्रिया दिनुहोस