बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागि स्बाव जुम्ला पठाइयो

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

असार १३, बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाले कोरोना परिक्षणका लागी स्वाब जुम्ला पठाएको छ । नगरपालिकामा रहेका विभिन्न क्वारेन्टिनमा बसेकाको पीसीयार परिक्षणका लागि स्वाब जुम्ला पठाईएको हो ।

बुढिनन्दा नगरपालिका भित्र रहेका १२ क्वारेन्टाइनबाट ३६८ जनाको स्बाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पु¥याईएको नगर प्रमुख पदम गिरिले बताउनुभएको छ । नगर प्रमुख गिरिका अनुसार आरडीटी परिक्षणबाट पोजेटिभ आएका ३६८ जनाको स्बाव संकल गरी जुम्ला पठाएको बताउनुभयो । अन्य स्थानमा पठाउँदा पीसीयार परिक्षणको रिपोर्ट ढीलो गरि आउने भएपछि नगरपालिकाका विभिन्न क्वारेन्टिनबाट स्बाव संकल गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएको हो ।

आरडीटी परिक्षणले क्वारेन्टिनबाट समुदाय स्तरमा समेत संक्रमण फैलिने उच्च जोखिम भएकोले छिटो होस् भन्नको लागि कोरोना परिक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाएको नगर उपप्रमुख सृष्टि रेग्मी बताउनुभयो । स्बाव संकलमा कोरोना भाईरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका फोकल पेर्सन ओमजङ शाही, ल्याबका बसन्त रेग्मी लगायत स्वास्थ्यकर्मीको टोलीले विभिन्न क्वारेन्टिनमा पुगेर स्बाव संकलन गरेका थिए ।

यो बिषम परिस्थितिमा समन्वय गरेर सहयोग गर्नुहुने प्रदेश माननिय बलदेब रेग्मी, कर्णाली सरकारका समाजिक मन्त्री दल रावल, कर्णाली विज्ञान प्रतिष्ठानका डाइरेक्टर डाक्टर मंगल रावल र बुढिनन्दा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षकर्मीलाई उपप्रमुख रेग्मीले धन्यवाद व्यक्त गर्नुभएको छ । यो बिषम परिस्थितिमा आगामी दिनमा पनि सहयोग र समन्वयको अपेक्षा गरेको बताउनुभएको छ् ।

प्रतिक्रिया दिनुहोस