प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६६

Khabar24Nepal Author Logo..
सलिम अन्सारी पढ्न लाग्ने समय : १ मिनेट

असार १४, प्युठान ।  प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६६ पुगेको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा जाँच हुँदा प्युठानका थप ८ जना कोरोना देखिएको हो। सम्बद्ध अधिकारीका अनुसार आज थपिएका संक्रमितहरुमा स्वर्गद्धारी नगरपालिकाका ५ जना, मान्डवी गाउँपालिकाका २ जना र सरुमारानीका एकजना छ्न। १७ देखी ५२ बर्षका उमेर समुहका पुरुषहरुमा कोरोना देखिएको हो।

संक्रमित मध्ये दुईजना भने निको भएर यस अघि नै घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो।

प्रतिक्रिया दिनुहोस