प्रहरीले हराएका तथा चोरि भएका ४५ थान मोवाइल सम्बन्धित धनिलाई बुझायो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, सुनसरी । ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोवाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ । आफ्ना मोवाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव १०,३८,१००।- (दश लाख अढतिस हजार एक सय) मुल्य बराबरका ४५ थान मोवाइल सेट फेला पारी आजै सम्बन्धित धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी ५५,८६,५२०।- (पचपन्न लाख छ्‍यासी हजार पाँचसय वीस) रुपैयाँ बराबरको २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस