बार्सिलोना शीर्ष स्थानमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाको मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे । उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर, खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । र, बार्सिलोना रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको रियलको ६८ अक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस