बाजुराका ६ स्थानीय तहमा पुग्यो कोरोना

Khabar24Nepal Author Logo..
राजेन्द्र बहादुर रोकाया पढ्न लाग्ने समय : २ मिनेट

असार १५, बाजुरा । बाजुरामा आईतबार ९६ जनामा कोरोना भाईरसको कोभिड १९ को संक्रमण देखिएको छ । ४९ पुरुष र ४७ महिला गरी ७९ जनामा जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

आईतबार थपिने संक्रमित मध्य बुढीगंगा नगरपालिका, ७९ जना र बडिमालिका नगरपालिका १७ जना रहेका छन् । ६ ओटा स्थानिय तह मध्य बडिमालिका नगरपालिकामा ५८ जना , बुढिगंगा नगरपालिकामा १०४ जना , त्रिवेणी नगरपालिकामा १ सय १ जनामा कोरना सक्रमण पुष्टि भएको छ । त्यस्तै गौमुल गाँउपालिकामा २२ जना , स्वामिकार्तिक खापर गाँउपालिकामा २ जना र जगनाथ गाँउपालिकामा १ जना गरी जम्मा २ सय ८८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको स्वास्थ कार्यालय बाजुराले जनाएको छ ।

आईतबार मात्रै जिल्लामा ठुलो संख्या ९६ जना संक्रमित देखिएका थिए । हालसम्म २८८ जनामा कोरोना पुष्टी भएको छ भने २ जना निको भएका घर फर्किएका छन् । संक्रमीत सबैलाई सम्बन्धीत पालिकाको क्वारेन्टाइनमा आईसोलेशन निमार्ण गरी राखिएको छ भने बडिमालिका नगरपालिकाले भने संक्रमितहरुलाई घर पठाएको बुझिएको छ ।

जिल्लाका अस्पतालमा आईश्वलेसन अभावका कारण सम्बन्धीत पालिकालाई क्वारेन्टाइनमै आईश्वलेसन कक्ष बनाई संक्रमितलाई राखीएकोे स्वास्थ कार्यालय बाजुराले जनाएको छ । बाजुरामा अधिकांश भारतबाटै आएर क्वारेण्टाईनमा बसेकाहरुमा संक्रमण देखिएको छ ।

यस अघि जिल्लाको बुढीगंगा नगरपालिकाकी २ बर्षिया बालिाकाको मृत्यु भैईसकेको छ । जिल्लाको बुढीनन्दा नगरपालिका, हिमालि गाउपालिका खप्तड छेडेदह गाउपालिका बाहेक सबै पालिकामा कोरोनाले छोएको छ ।

प्रतिक्रिया दिनुहोस