उपत्यकामा आज हुने कार्यक्रमहरू

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार १५, काठमार्डौं । उयत्यकामा आज हुने कार्यक्रमहरु निम्न रहेका छ ।
उपत्यकामा आज हुने कार्यक्रमहरू ।।

१.राष्ट्र घाती एमसीसी खारेजी,अतिक्रमित नेपाली भुमि फिर्ता गराउन ११ दलिय माेर्चा युवा जागरण संयुक्त माेर्चा गठन भएकाे र साे माेर्चा द्धारा राष्ट्रिय झण्डा बोकि र्‍याली सहित काेण सभा गर्ने ।
स्थान:-थानकाेट बसपार्क देखि गुर्जुधारा सम्म र्‍याली सहित काेण सभा गर्ने ।
समय:-८:०० बजे ।

२.संघीय संसद अन्तर्गत राष्ट्रिय सभा को बैठक बस्ने।
स्थान :- संसद भवन नयाँ बानेश्वर ।
समय -१३:०० बजे ।

३.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि,रुकुम हत्याकाण्डमा पिडितलाई न्यायका लागि र एमसीसी सम्झौताको विरोधमा नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिका,रत्नपार्क ।
समय:-१३:०० बजे ।

४.संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च उपत्यका समितिले सरकारको भ्रष्टचार,संवेदनहिनता र रुकुम पश्चिम नरसंहारका मृतकहरूको गलत पोष्टमार्टमको विरुद्ध विरोध सभा कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१३:०० बजे ।

५.खशान राष्ट्रिय संघर्ष समिति नेपालले कोरोना,एमसीसी,१०+१बारे गोलमेच सम्मेलनको माग,खस समुदायको मष्टो सांस्कृतिक चाडमा सार्वजनिक विदा दिनुपर्ने,खश समुदायलाई आदिवासीमा सुचिकृत गरि खश आर्य क्लष्टरलाई खश र आर्य अलग अलग क्लष्टर निर्माण गरी खशान प्रान्त स्थापन गराउन साथै सरकारको भ्रष्टचार,संवेदनहिनता र रुकुम पश्चिम नरसंहारका दोषीलाई कडा कारवाही गराउन माग सहित विरोध सभा कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डल ।
समय:-१३:०० बजे ।

६.स्वतन्त्र राष्ट्रिय अभियान नेपालले सडकमा आफ्नो शरीर बाट प्रत्यक्ष रगत पोखेर एमसीसी र भ्रष्टचार विरुद्ध शान्तिपुर्ण सांकेतिक विरोध तथा देशभक्ति कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-१३:०० बजे ।

७.नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौ जिल्ला समितिले एमसीसी सम्झौताको विरुद्ध विरोध प्रदर्शन तथा विरोध सभा कार्यक्रम गर्ने ।
स्थान:-शान्तिवाटिकामा भेला जम्मा भई असन इन्द्रचोकमा पुगेर विरोध सभा गर्ने ।
समय:-१२:०० बजे ।

८.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-१३:०० बजे ।

९.विधायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-१५:०० बजे ।

१०.नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित विद्यार्थी राष्ट्रिय सम्पर्क कमिटीले रुकुम पश्चिम नरसंहार र देशभर दलित समुदाय माथि श्रृंखलावद्व रुपमा भएका हत्या तथा जातिय विभेदका विरुद्ध “जातिय व्यवस्था र अंगिरा पासिको हत्या” सडक बहस कार्यक्रम गर्ने ।
स्थान – लोकतान्त्रिक चोक,किर्तिपुर ।
समय – १६:०० बजे ।

११.देशभक्त जनगणतान्त्रिक मोर्चा भक्तपुर जिल्ला संगठन समिति र नेकपा (क्रान्तिकारी माओवादी) भक्तपुर जिल्ला समितिले एमसीसी सम्झौता खारेजिको लागि विरोध कार्यक्रम गर्ने ।
स्थान:-टौमढी भक्तपुर ।
समय:-१८:३० बजे ।

१२.संयुक्त राजनितिक दलित संघर्ष समितिले रुकुम पश्चिम सोति नरसंहार लगायत देशभरिका जातीय हत्या एवं विभेद विरुद्ध तेस्रो चरण आन्दोलन कार्यक्रमको छलफल गर्ने ।
स्थान :-नखुलेको
समय:-नखुलेको ।

१३.स्वनाम साथीको संयोजकत्वमा गठन भएको एमसीसीविरुद्ध संयुक्त संघर्ष समितिले २०७७/०३/०८ देखि हाललाई ३/१६ गते सम्म साँझ २०:०० बजे १० मिनेट बत्ती निभाएर (Black out गरेर ) एमसीसी को विरोध जनाउने ।

१४.मिति २०७७/०३/१२ गते १३:५० बजे देखि पाटन स्थित कृष्ण मन्दिरको अपोजिटमा covid 19 Enough is Enough group का प्रमुख अभियान्ता इसान अधिकारी (ई) कोभिड १९ को सबल व्यवस्थापनको मागगर्दै सत्याग्रह बसेको ।

१५.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।

प्रतिक्रिया दिनुहोस