सुनिलस्मृतिले निजि शिक्षक हटाउन कक्षा ११ र १२ अध्ययनरत किशोरीहरुलाई निःशूल्क पढाउने

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १५, रोल्पा । सुनिलस्मृति गाउँपालिकाको सुलिचौर रोल्पाले नीजि शिक्षकहरुको अन्त्य गर्ने भएको छ । गाउँपालिकाले आ.व. २०७७/७८ को लागि पेश गरेको नीति तथा कार्यक्रममा सामुदायीक विद्यालय तर्फ रहेका निजी शिक्षकहरुको अन्त्य गर्ने उल्लेख गरेको छ ।

गाउँपालिका भित्र रहेका ४२ सामुदायिक विद्यालयहरुमा कार्यरत ५६ जना नीजि शिक्षकहरुको पुन परिक्षा लिई गाउँपालिका शिक्षकमा परिणत गर्ने गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो घर्तीका अनुसार गाउँपालिका निजी शिक्षकहरुलाई तलव खुवाउन १ करोड बजेट समेत निनियोजन बताउनुभयो ।

गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको आवश्यकता पहिचानका लागि गाउँशिक्षा समितिको असार ३ गते बसेको बैठकबाट सामुदायिक विद्यालयहरुमा कार्यरत नीजि शिक्षक व्यवस्थापनको लागि वास्तविकता अध्ययन गरि श्रावण मसान्त सम्म प्रतिवेदन पेश गर्न सामाजिक विकास समिति संयोजक नमराज थापाको संयोजकत्वमा ५ सदस्य कार्यदल समेत गठन गरिएको शिक्षा शाखा प्रमुख यादव के.सीले जानकारी गराउनुभयो ।

कक्षा १२ सम्मको शिक्षालाई अनिवार्य शिक्षा भन्ने मुल नारा लिएको सुनिलस्मृति गाउँपालिकाले यसै आगामि आर्थिक वर्ष देखि कक्षा ११ र १२ मा गाउँपालिका भित्र अध्यनरत किशोरीहरुलाई उपाध्यक्ष छात्रवृति कार्यक्रम ल्याइएको अध्यक्ष घर्तीले बताउनुभयो । घर्तीका अनुसार कक्षा ११ र १२ मा अध्ययन गर्ने किशोरीलाई निःशूल्क अध्ययन गर्नका लागि यो कार्यक्रम ल्याइएको बताउनुभयो । गाउँपालिकाले यसको छिट्टै कार्यविधि तयार गरि आउदो आर्थिक वर्षमा अध्ययन गर्ने किशोरीहरुलाई निःशूल्क पढ्ने बातावरण तयार गर्नका लागि प्रकृयागत रुपमा अगाडि बढेको अध्यक्ष घर्तीले बताउनुभयो ।

गाउँपालिकाको सानो सहयोगले पनि कसैले माध्यामिक शिक्षा पुरा गर्न सक्छ भने यसका लागि किन हामि अगाडि नवढ्ने घर्तीले बताउनुभएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस