राजस्व हिनामिनाको आ’रोपमा प्रशासन सहायक अख्तियारको अनुसन्धानमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, बीरेन्द्रनगर । बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक पदमा कार्यरत रत्न बहादुर बि.क. अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नि’यन्त्रणमा लिएको छ ।

बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बीरेन्द्रनगर वडा नं. १३ स्थायी बसोवास भएका रत्न बहादुर बि.क. ले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हि’नामि’ना गरेको भन्ने सूचनाका आधारमा अख्तियारले अनु’सन्धान गर्न लागेको हो ।

अख्तियार दुरुपयोग अनु’सन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले उनलाई असार १४ गते उनकै घरबाट नि’यन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस