तारकेस्वर नगरपालिकालाई शिक्षकबाट नगद सहयोग

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, काठमाडैं । कोरोना महामारीको संत्रासले सारा बिस्वलाई आतंकित पारिरहँदा नेपालमा पनि यसको प्रभाव दैनिक बढीरहेको छ र सरकार यस भाइरस बिरुद्दको अभियानमा लागिरहँदा अन्य विभिन्न दातृ निकाय तथा ब्यक्तिहरुले पनि सरकारलाई आफ्नो तर्फबाट नगद या भौतिक सामाग्रीहरु सहयोग गर्दै आएका छन ।

यसै सन्दर्भमा काठमाडौं उत्तरी भेगमा अवस्थित तारकेस्वर नगरपालिका अन्तर्गत रहेका विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरुको मा. बि तर्फ ५ दिन र आधारभुततर्फ ३ दिन बराबरको तलबबाट संकलित हुन आएको रकम जम्मा रु १३ लाख १३ हजार ६ सय ४१ रुपैयाँ तारकेस्वर नगरपालिकाको कोरोना कोषमा जम्मा हुने गरि शिक्षकहरुको पेशागत संघ संघठन (एनटिए, एनएनटिए र युएएनटिओ) नगर समितीका अध्यक्षहरू नारायण गिरी, समुन्द्र तिमिल्सेना र बसन्तराज ढकालवाट हालको कोरोना परिस्थितिलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गरी नगरपालिकाको कार्यालय प्राङणमा नगर प्रमूख रामेस्वर बोहरालाई हस्तान्तरण गरियो ।

सामाजिक कार्यमा सामुदायिक विद्यालयको पनि उत्तिकै भुमिका हुने भएकाले रकम हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय मा बि का शिक्षक तथा एनटिएका अध्यक्ष नारायण गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस