• २०८० चैत्र १६ गते शुक्रवार

४७ हजार सहित दुई महिलासहित छ जना जुवाडेहरु पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, कास्की । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई प’क्राउ गरेको छ। पोखरा महानगरपालिका-१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो।

प’क्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन्। जुवाखालबाट रु ४७ हजार १०० र तास बरामद भएको छ। प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई प’क्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस