• २०८० चैत्र १६ गते शुक्रवार

किन बढ्दैछ उपत्यकामा कोरोना संक्रमण ?

खिमराज गिरी पढ्न लाग्ने समय : २ मिनेट

आजको समाचार अनुसार उपत्यकामा मात्र कोरोनाको संख्या २३९ पुगेको छ । हिजो मात्र करिब ५४ जना संक्रमित थपिएपछि गृह मन्त्रालयले थप निर्देसन जारी गर्दै “घर बाहिर जाँदा अनिवार्य मास्क प्रयोग गर्ने र अति आबस्यक काम भए मात्र निस्किने तर सामाजिक दूरी कायम राख्ने अन्यथा प्रहरीले कारवाही गर्नेछ ।”

यसो भन्दै गर्दा दसदिन अगाडि सुरक्षित राजधानी यो दस दिनको अबधिमा किन यसरी संक्रमण थपियो त , यसका सम्भावित कारणहरु के के हुन त भनेर जान्ने प्रयास गर्नु आवश्यक छ ।

सम्भावित कारणहरु
१. राजधानी नै मानिसको भविश्यसंग जोडिएकोले व्यापक मानिसको आवतजावतको गन्तब्यस्थल,
२. तराईलगाएत अन्य जिल्लाबाट चोर बाटो हुँदै उपत्यका आउनेको संख्या अप्रत्यासित बढ्नु ,
३. विभिन्न नाकाबाट आउनेहरुले गृहको पास देखाएपछि प्रहरीले छोड्न बाध्य हुनु,
४. अनावस्यक हर्कत नगरौ भनी पटक पटक निर्देसन जारी गर्दासमेत जनता अटेर हुनु ,
५. भिड भाडमा नजाऔं भन्दा कालिमाटी , बल्खु, माछापोखरी, तीनकुने , शंखमुल, चाबहिल, जोरपाटी लगाएतका स्थानहरुमा बिहान र सांझपख
तरकारीलगायत अन्य खाद्य सामाग्रीहरु खरिद गर्न मानिसहरुको भिड जम्मा हुनु ,
६. चोर बाटोबाट आवागमन बढ्नेक्रम जारी हुनु,
७. सरकारद्वारा पिसिआर टेस्टको मात्रा नबढाइनु ,
८. प्राइभेट अस्पत्तालको असहयोग ,
९. सरकारी अस्पतालहरु अझै पूर्ण तयारीमा नहुनु ,

यसरी दिनानुदिन संक्रमितको संख्या बढ्दै जानुले अब कतै नेपाल पनि इटालीको बाटोमा हुने त हैन भन्ने चिसो जनमानसमा परिरहेको छ । तैपनि मानिसले हेलचक्राइ गर्न छाडेको छैनन । कोरोना संक्रमण कम वा समाधान गर्नका लागि निम्न उपाय अपनाउन सकिन्छ ।

समाधानका उपाय

१. सरकार र सम्बन्धित पार्टीहरुको ध्यान जानू अति आबस्यक छ न कि राजनीतिक जोड घटाउ,
२. पिसिआर टेस्टको दायरा तु बढाउनुपर्ने,
३. यो रोगको लागी मूख्य उपाय भनेको जनताको सचेतना नै हो,
४. सरकारी मात्र नभई प्राइभेट अस्पत्तालहरुले पनि सकृयता देखाउनुपर्ने जरुरी देखिन्छ,
५. भिडभाड गर्ने र गराउने वातावरण सृजना नगर्ने,
६. भरसक मर्निङ र इभिनिङ वाल्क भन्ने निउमा सडकमा भिड नबढाने ,
७. उपत्यका आउने नाकाहरुमा प्रहरी र यात्रुबिच भनाभनको स्थिती आएकोले एक अर्काप्रतिको ब्यबहारमा निगरानी बढाउन गृहको विशेष टोली खटाउनुपर्ने

सडकमा भइरहेका यो वा त्यो नाममा भएका विरोध वा समर्थनका कार्यक्रमहरु तुरुन्त बन्द गरी सामाजिक दुरी कायम गरि सबै सुरक्षित हुन लाग्ने बेला हो यो । भिडभाड नगरु भनेर तेत्रो जनचेतना मुलक सुचना जारी गरेपनि शिक्षित र बुद्धिजिबीहरु नै खुलमखुल्ला सडकमा आउनुले पनि कोरोना संक्रमण फैलाउन मद्दत गरेको छ । तसर्थ कोरोनाले अब केन्द्र ताकिसकेको वर्तमान अबस्थामा सरकार र निकट पार्टी आन्तरिक झिना मसिना कुराहरुमा नअल्झी समाजका बुद्दिजीवीहरु लगायत सबैले एकापसमा हातेमालो गर्दै आर्थिक, सामाजिक पक्षमा ख्याल राख्दै जनजीविकाको मामलामा तुरुन्तै ध्यान दिइएन भने सायद समयले सरकारलाइ मात्र होइन आम बुद्दिजीवी लगायत सरोकारवाला सबैलाई धिक्कार्ने छ ।

प्रतिक्रिया दिनुहोस