• २०८० चैत्र १६ गते शुक्रवार

नुवाकोटमा डुबेर एक महिलाको मृत्यु, एक पुरुष बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार २७, नुवाकोट । बिदुर नगरपालिका वडा नं.०९ लामाटारका मानसिक अबस्था ठिक नभएको बर्ष २२ की सुमित्रा मिजार त्रिशुली जलबिद्युत केन्द्रको नहरमा मृ’त अबस्थामा फेला परेकी छन । असार २५ गते घरबाट निस्की हिडेकोमा संम्भावित स्थान र आफन्तकोमा खोजतलास गर्दा फेला नपरेकोमा र खोजतलास गर्दै जाने क्रममा घरमा प्रयोग हुँदै आएको रेनकोट र ज्याकेट त्रिशुली जलबिद्युत केन्द्रको नहर छेउमा फेला परेपछि नहरमा खोजी गर्दा उनको श’व फेला परेको हो ।

बिदुर नगरपालिका वडा नं.०९ लामाटारका बस्ने शुरेष रोक्काले सबै ठाउँमा खोजी गर्दा पनि फेला नपरे पछि घरमा प्रयोग हुँदै आएको रेनकोट र ज्याकेट त्रिशुली जलबिद्युत केन्द्र, कोलनी नुवाकोटको नहर छेउमा फेला परेकोले नहरमा डुबेको हुनसक्ने शंका भएकोले खोज तलासी गरिपाँउ भनि प्रहरी कार्यालयमा निबेदन दिएपछि असार २६ गते बिहान खोजी गर्दा उनको श’व फोला परेको हो । फेला परेको मृतकको ला’श जाँच मुचुल्का गरी तत्कालै श’ब परिक्षणको लागी त्रिशुली अस्पताल नुवाकोटमा पठाईएको र श’ब परिक्षण भए-पश्चात ला’शको सदगत गर्नको लागी आफन्तलाई जिम्मा लगाई पठाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै असार २५ गते बेलुका बिदुर नगर पालिका वडा नं. ०५ बस्ने बर्ष ४२ को राजेन्द्र कुमाल धान रोपी फर्कने क्रममा तादी खोलाले बगाई हालसम्म पनि फेला नपरेको र उनको खोजी तलासी कार्य हालसम्म जारीनै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस