स्पलमाथि इन्टर मिलानको सानदार जित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण २, एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सानदार जित निकालेको छ । गए राति भएको खेलमा मिलानले स्पलमाथि ४-० गोलको फराकिलो जित निकालेको हो ।

जितसँगै तलिकाको दोस्रो स्थानमा उक्लिएको छ । ३३ खेलमा ७१ अंक जोड्दै एटलेन्टालाई एक अंकले पछि पार्दै मिलान दोस्रो स्थानमा उक्लिएको हो । पराजित स्पल समान खेलमा मात्र १९ अंकसहित रेलिगेसन जोनमा छ ।

प्रतिक्रिया दिनुहोस